खुला सिमानाले गर्दा भारतबाट अत्यधिक लागूपदार्थ आउँछ : खेलकुदमन्त्री चौधरी

हिमाल प्रेस २५ कार्तिक २०८१ १७:३२ | Sunday, November 10, 2024
खुला सिमानाले गर्दा भारतबाट अत्यधिक लागूपदार्थ आउँछ : खेलकुदमन्त्री चौधरी युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी। फाइल तस्बिर

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा सबैभन्दा धेरै लागूपदार्थ भारतबाट आउने गरेको बताएका छन्। आइतबार काठमाडौँमा एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले नेपाल-भारत खुला सिमानाले पनि ड्रग्स सप्लाइ हुन सहज हुने गरेको बताए।

उनले नेपालमा विद्यालयस्तरबाटै चुरोट सेवन गर्ने र युवावस्थामा लागूपदार्थ सेवन गर्ने क्रम बढ्दो रहेकाले नियन्त्रणको आवश्यकता रहेको बताए। उनले सरकारले नियन्त्रणका लागि विभिन्न ऐन, कानून निर्माण गरेको भए पनि चाहेको जति नियन्त्रण हुन नसकेको बताए।

उनले नेपालमा लागूऔषध उत्पादन गर्ने कुनै कम्पनी नभए पनि भारतबाट खुला सिमानाका कारण बढी ल्याइने गरेको बताए। दुई देशबीच ड्रग्स नियन्त्रणमा कसरी काम गर्ने भन्नेबारेमा छलफल गर्न आफूहरु तयार रहेको उनले बताए।

‘विद्यालयस्तरबाटै यहाँका विद्यार्थी विभिन्न कारणले चुरोट, बिँडी, कक्षा ९ वा १० कक्षाबाट नै खान सुरु गर्छन्। अलि ठूलो भएपछि ड्रग्स खान सुरु गर्छन्‚’ उनले भने, ‘भारतबाट वा अन्य तेस्रो मुलुकबाट ल्याएर खाने गर्छन्। ड्रग्स सप्लाई भारतबाट नै धेरै हुने गर्छ। खुला बोर्डर छ, गोजीमा राखेर पनि ल्याउँछ। त्यसलै दुई देशको बीचमा ड्रग्स नियन्त्रणमा कसरी काम गर्ने भन्नेबारे छलफल गर्न सरकार तयार छ।’

मन्त्री चौधरीले नेपालमा ड्रग्सको समस्या धेरै नै नरहेकाले समस्या समाधानका लागि भारतसँग सहयोगको आग्रह गरे।

प्रकाशित: २५ कार्तिक २०८१ १७:३२ | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast