दर्ता नभएका औषधी बिक्री रोक्न परिषद्को अनुरोध

हिमाल प्रेस ६ असोज २०८३ १३:१६ | Tuesday, September 22, 2026
8
SHARES
दर्ता नभएका औषधी बिक्री रोक्न परिषद्को अनुरोध

काठमाडौँ- आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधीको बिक्रीवितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचारप्रसार नगर्न पक्षसँग अनुरोध गरेको छ।

परिषद्ले जारी गरेको सूचनामा क्यान्सर, पाइल्सलगायत विभिन्न रोग निको पार्ने दाबी गर्दै औषधीको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट शतप्रतिशत निको हुने तथा निको नभए पैसा फिर्ता हुनेजस्ता दाबी गर्ने कार्यप्रति ध्यानाकर्षण गराएको हो।

परिषद्का अनुसार यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचारप्रसार रोक्न आग्रह गरेको हो।

सूचनामा कानुनविपरीत यस्ता गतिविधि सञ्चालन वा गराइएको भए १५ दिनभित्र त्यस्ता गतिविधि बन्द गर्नगराउन अनुरोध गरिएको छ।

परिषद्ले जारी गरेको सूचनाको अवज्ञा गरी अवाञ्छनीय कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने जनाएको छ।

प्रकाशित: ६ असोज २०८३ १३:१६ | Tuesday, September 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast