कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ

हिमाल प्रेस २५ कार्तिक २०८१ १२:३३ | Sunday, November 10, 2024
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ लीलावल्लभ अधिकारी

इटहरी- कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री तथा एमाले सांसद लीलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन्।

नक्कली कागजात बनाएर मानव तस्करीको आरोप लागेपछि अधिकारीलाई पक्राउ गरिएको हो।

अदालतबाट अनुमति लिएपछि उनलाई आइतबार पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। यता अधिकारी निकट स्रोतका अनुसार उनी आफैँले प्रहरीमा गएर अनुसन्धानमा सघाएका हुन्।

नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको आरोप उनीमाथि लागेको थियो।

टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएका हुन्।

कात्तिक १४ मा मन्त्रीसहित उनीहरू ३ जनालाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो। काठमाडौँ विमानस्थलमा ओर्लिएपछि उनीहरू पक्राउ परेका हुन्।

डिपोर्ट भएर आएका ३ जनासहित ६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत कीर्तेसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ।

डिपोर्ट भएका ३ जना बाहेकका धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार पक्राउ परेका छन्। सो प्रकरणमा पक्राउ पर्नेको संख्या पूर्वमन्त्री सहित ७ पुगेको छ। उनलाई नेकपा एमालेले भने पार्टीको जिम्मेवारीबाट हटाइसकेको छ।

प्रकाशित: २५ कार्तिक २०८१ १२:३३ | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast