अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्प र ह्यारिस कुनकुन राज्यमा निर्वाचित?

हिमाल प्रेस २१ कार्तिक २०८१ १२:११
52
SHARES
अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्प र ह्यारिस कुनकुन राज्यमा निर्वाचित?

काठमाडौँ- अमेरिकी राष्ट्रपतिका लागि मंगलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार रहेका उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म उपराष्ट्रपति ह्यारिसले क्यालिफोर्निया, न्युयोर्कलगायत १४ वटा राज्यमा बहुमत ल्याउने सुनिश्चित भएको छ भने ट्रम्पले टेक्सास, ओहायो, नर्थ क्यारोलाइना र अन्य भरपर्दो रिपब्लिकन झुकाव भएका राज्यसहित २३ राज्यमा जित हासिल गर्ने देखिएको छ। अहिलेसम्म ट्रम्पले २४७ र ह्यारिसले १९४ इलेक्टोरल मत प्राप्त गरेका छन्। राष्ट्रपति पदमा जीतको लागि जादुई इलेक्टोरल संख्या २७० छ।

पर्यवेक्षकहरूले ह्वाइट हाउसका लागि भएको निर्वाचनमा यसपहिले नै प्रक्षेपण गरिएअनुसार दुवै उम्मेदवारको झण्डै बराबर मत रहेको अनुमान गरिएका केही राज्य निर्णायक हुनेछन्। डेमोक्र्याटिक नेता ह्यारिस पाएका कुल १९४ इलेक्टोरल मतमध्ये क्यालिफोर्नियामा ५४, कोलोराडोमा १०, कनेक्टिकटमा सात, डेलावेयरमा तीन, कोलम्बियामा तीन, हवाईमा चार, इलिनोइसमा, १९, मेरिल्यान्डमा १०, म्यासाचुसेट्समा ११ र न्यु मेक्सिकोमा पाँच, न्युयोर्कमा २८, ओरेगनमा आठ, रोएड आइल्यान्डमा चार, भर्मोन्टमा तीन, भर्जिनियामा १३, वासिङ्टनमा १२ छन्।

त्यसैगरी ट्रम्पले पाएका कुल २४७ इलेक्टोरल मतमध्ये अलबामामा नौ, अर्कान्ससमा छ, फ्लोरिडामा ३०, आइडाहामो चार, इन्डियानामा ११, आयोवामा छ, कन्सासमा छ, केन्टकीमा आठ, लुसियानामा छ, मिसिसिपीमा छ, मिसौरीमा १०, मोन्टानामा चार, नर्थ क्यारोलिनामा १६, नर्थ डकोटामा तीन, ओहायोमा १७, ओक्लाहोमा सात, साउथ क्यारोलिनामा नौ, साउथ डकोटामा तीन, टेनिसीमा ११ टेक्सासमा ४०, युटामा छ, वेस्ट भर्जिनियामा चार, वायोमिङमा तीन रहेका छन्। रासस

प्रकाशित: २१ कार्तिक २०८१ १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =