अमेरिकाको राष्ट्रपति निर्वाचनको पर्यवेक्षण गर्दै प्रमुख निर्वाचन आयुक्त थपलिया

हिमाल प्रेस २० कार्तिक २०८१ १५:३० | Tuesday, November 5, 2024
अमेरिकाको राष्ट्रपति निर्वाचनको पर्यवेक्षण गर्दै प्रमुख निर्वाचन आयुक्त थपलिया निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया

काठमाडौँ- निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया अमेरिका पुगेका छन्। अमेरिकामा भइरहेको राष्ट्रपति पदको निर्वाचनको पर्यवेक्षणका लागि थपलिया अमेरिका पुगेका हुन्।

स्थानीय समयअनुसार मंगलबार हुन गइरहेको अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच प्रतिस्पर्धा हुँदै छ। त्यहाँको संघीय निर्वाचन आयोगको निमन्त्रणमा थपलिया अमेरिका पुगेका हुन्। निर्वाचन पर्यवेक्षण सकेर यही कात्तिक २४ गते उनी स्वदेश फर्किने कार्यक्रम रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए।

प्रमुख आयुक्त थपलिया स्वदेश फर्किएपछि मंसिर १६ लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि केही महत्त्वपूर्ण निर्णयहरू हुने उल्लेख गरे। आयोगले निर्वाचनका लागि मतपत्र छपाई, ढुवानी लगायत विभिन्न विषयहरूमा निर्णय गर्न बाँकी रहेको छ।

प्रकाशित: २० कार्तिक २०८१ १५:३० | Tuesday, November 5, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast