पाेखरा– पाेखराका समाजसेवी एवं अग्रज व्यवसायी द्राेणराज अधिकारीकाे निधन भएकाे छ। पाेखरा ५, मालेपाटन निवासी उनकाे ७२ वर्षको उमेरमा मंगलबार बिहान ९ बजेर ४५ मिनेटमा निधन भएको उनका भाइ प्राडा टंकराज अधिकारीले बताए।
विगत १ महिनादेखि बिरामी उनलाई पाेखराकाे फेवा सिटीमा भर्ना गरिएको थियाे। पछिल्लोपटक चरक मेमोरियल अस्पतालबाट घर लगिएकोमा घरमै निधन भएको हाे। उनकाे मंगलबार नै सेती नदी तुल्सीघाटमा अन्त्यष्टि भयाे।
पाेखराका पुराना यातायात व्यवसायी उनकाे अग्रज व्यवसायी, समाजसेवी र राजनीतिज्ञकाे परिचय छ। पाेखरा ५ मा करिब १५ वर्षसम्म वडाध्यक्ष भएका उनी रेडक्रसलगायत विभिन्न संघसंस्थामा आवद्ध थिए। निर्माण व्यवसाय र यातायात व्यवसायमा हात हालेर त्यस क्षेत्रमा ठूलाे याेगदान दिएका छन्।
उनी एमाले गण्डकी प्रदेशका पूर्व सल्लाहकार एवं ज्येष्ठ कम्युनिष्ट मञ्च गण्डकी प्रदेश सदस्य थिए। उनका धर्मराज, केशवप्रसाद, दामु र बुद्धिराज गरी ४ छाेरा तथा एक छाेरी ईन्दिरा लामिछाने छन्। २ नाति र ११ नातिनी छन्।
जेठा छाेरा धर्मराज रेडक्रस साेसाइटी कास्कीका उपसभापति हुन्। केशवप्रसाद वरिष्ठ यातायात व्यवसायी, दामु पाेखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा कान्छा छाेरा इन्जिनियर हुन्।