तेस्रोपटक म्याद थपका लागि रवि लामिछानेलाई अदालत पुर्‍याइयो

हिमाल प्रेस २० कार्तिक २०८१ ११:५०
28
SHARES
तेस्रोपटक म्याद थपका लागि रवि लामिछानेलाई अदालत पुर्‍याइयो रवि लामिछाने जिल्ला अदालत कास्कीअगाडि । फाइल तस्बिर

काठमाडौँ- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ। काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज प्रहरीले अदालत पुर्‍याएको हो।

विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा आएको र उक्त रकम खर्च लामिछानेले गरेको आरोप छ। उनीमाथि यसअघि दुईपटक म्याद लिएर बयान लिइएको थियो। केही दिनअघि नै म्याद सकिए पनि तिहारको सार्वजनिक बिदाका कारण म्याद थप हुन पाएको थिएन। आज अदालत खुलेसँगै उनलाई अदालत पुर्‍याइएको हो।

पूर्वगृहमन्त्री लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईँ र रामबहादुर खनाललाई पनि म्याद थपका
अदालत पुर्‍याइएको छ। उनीहरूमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २० कार्तिक २०८१ ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =