काठमाडौँ- कालिमाटी तरकारी थोक बजारमा सोमबार प्रतिकिलो ३५ रुपैयाँमा बिक्री भएको बन्दामा मंगलबार एकै पटक ५६ रुपैयाँ ६७ रुपैयाँले थोक मूल्य बढेको छ। मंगलबार लोकल बन्दा प्रतिकिलो ९१ रुपैयाँ ६७ पैसामा बिक्री भएको छ।
यस्तै ठूलो गोलभेडा ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ। सानो गोलभेडा ७५, टनेलको सानो गोलभेडा ९०, रातो आलु ८७.६७, प्याज ११२.३३, गाजर १३५, स्थानीय काउली ११०, तराईको काउली ९५, सेतो मुला ३५, लाम्चो भान्टा ५५, डल्लो भान्टा ६५, तने बोडी १३०, मटरकोशा १९०, घिउसिमी ५५, टाटे सिमी ६५ र तिते करेला ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।
त्यस्तै लौंका ३५, परवर ७५, चिचिण्डो ३५, घिरौला ५५, पाकेको फर्सी ३५ र हरियो फर्सी लाम्चो ४५, हरियो फर्सी डल्लो ५५, भिण्डी ७५, बरेला ५५ स्कुस २५, रायो साग ९५, पालुङ्गो साग, मेथि साग र चमसुर साग प्रतिकिलो १७६.७६, तोरीको साग ८५, कन्ये च्याउ १२५, डल्ले च्याउ २७६।६७, राजा च्याउ २९०, ब्रोकाउली १२०, भेडे खुर्सानी १३५, अदुवा २०५ र लसुन ३४० रुपैयाँमा बिक्री भएको छ।