बन्दुक र गोलीसहित एकजना भारतीय रौतहटमा पक्राउ

हिमाल प्रेस १९ कार्तिक २०८१ २०:०६
16
SHARES
बन्दुक र गोलीसहित एकजना भारतीय रौतहटमा पक्राउ

रौतहट- सशस्त्र प्रहरी बल नेपालले रौतहटको राजदेवी नगरपालिका वडा नं ९ ब्रह्मपुरमा एकजना भारतीयलाई अवैध हतियारसहित पक्राउ गरेको छ।

आइतवार राति बीओपी बेलविछवाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले संजिव सिंहको मदिरा पसलमा छापा मार्दा ४२ वर्षीय भारतीय राजेश सिंहलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार संजिव सिंह र राजेश सिंह नातामा सालो–भिनाजु पर्छन्। पक्राउ परेका सिंहको साथबाट एक थान नलकटुवा पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने ८ एमएमको ३ थान गोली, पड्केको गोलीका खोका र एक थान मोबाइलसमेत बरामद भएको छ।

सशस्त्र प्रहरी बल नम्बर ११ गण रौतहटका एसपी विक्रम हुमागाईका अनुसार पक्राउ परेका सिंहलाई अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, रौतहटको जिम्मा लगाइएको छ।

रौतहटको नेपाल–भारत सीमावर्ती क्षेत्रका मदिरा पसलहरू अवैध क्रियाकलापका लागि प्रयोग भइरहेको आशंकामा सशस्त्र प्रहरीको टोलीले पछिल्लो समय निगरानी तीव्र बनाएको छ।

प्रकाशित: १९ कार्तिक २०८१ २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast