जापानद्वारा रक्षा सञ्चार उपग्रहसहितको एच–थ्री रकेट प्रक्षेपण

हिमाल प्रेस १९ कार्तिक २०८१ १६:३४ | Monday, November 4, 2024
जापानद्वारा रक्षा सञ्चार उपग्रहसहितको एच–थ्री रकेट प्रक्षेपण फाइल तस्बिर

जापानले सोमबार कागोशिमा प्रान्तको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट आफ्नो ध्वजाबाहक नयाँ एच–थ्री रकेट प्रक्षेपण गरेको छ। जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) र मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा विकसित एच–थ्री रकेट सफलतापूर्वक उपग्रहबाट अलग भएको छ।

यो उपग्रहको उद्देश्य जापानको सेल्फ डिफेन्स फोर्सलाई अन्तरीक्षबाट सूचना आदानप्रदान बढाउने हो। जापानको एचथ्री रकेटले एच–२ ए रकेटको सञ्चालनलाई पूर्णरूपमा प्रतिस्थापन गर्ने तयारी गरेको छ। आर्थिक वर्ष २०२४ देखि अर्को मार्चसम्म ५० रकेटको प्रक्षेपण गरिने अपेक्षा गरिएको छ।

मार्च २०२३ मा यसको उद्घाटन प्रक्षेपणको विफलता र यस वर्ष दुई सफल मिशनपछि सोमवारको एच–थ्रीको प्रक्षेपण यो बर्ष गरिएको जापानको चौथो प्रक्षेपण हो। रासस

प्रकाशित: १९ कार्तिक २०८१ १६:३४ | Monday, November 4, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast