प्रधानमन्त्री ओलीले लगाए बहिनीहरुबाट टीका

हिमाल प्रेस १८ कार्तिक २०८१ १८:१९ | Sunday, November 3, 2024
प्रधानमन्त्री ओलीले लगाए बहिनीहरुबाट टीका

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् ।

प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको उनको सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।

प्रकाशित: १८ कार्तिक २०८१ १८:१९ | Sunday, November 3, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast