उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई ज्यान मार्ने धम्की

हिमाल प्रेस १८ कार्तिक २०८१ १५:५४
26
SHARES
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई ज्यान मार्ने धम्की उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ।

काठमाडौँ- मुम्बई ट्राफिक पुलिस कन्ट्रोल रुममा शनिबार भारतस्थित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की आएको छ। मुख्यमन्त्री योगीलाई १० दिनभित्र राजीनामा नदिए बाबा सिद्दिकीझैँ उनको पनि हत्या गरिने भनेर धम्की आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यस्तो सन्देश मुम्बई पुलिस ट्राफिक कन्ट्रोल सेलमा अज्ञात नम्बरबाट प्राप्त भएको थियो। सन्देश पठाउने व्यक्तिको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि २ मार्चमा सुरक्षा मुख्यालयमा खटिएका एक प्रहरी कर्मचारीलाई मुख्यमन्त्री योगी आदित्यनाथलाई बमबाट उडाउन धम्की आएको थियो।

भारतमा राष्ट्रवादी कांग्रेस नेताको गोली हानी हत्या

प्रकाशित: १८ कार्तिक २०८१ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast