काठमाडौं- उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् । वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सिंह इजिप्ट उडेका हुन् ।
उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा बिदाइ गरे । कार्यक्रममा विश्वका १५० भन्दा बढी देशको सहभागिता रहनेछ । शहरी विकासकाबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले ३ वटा सत्रलाई सम्बोधन गर्ने तालिका छ ।
सो क्रममा उनले नेपालले बस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धीबारे बोल्नेछन् ।
नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा वर्ल्ड अर्बान फोरमको कार्यक्रम हुन लागेको हो । उनी शनिबार बिहान साढे १० बजे स्वदेश फर्किने तालिका छ ।