काठमाडौँ- फोटोपत्रकार राजेन्द्र केसीको उपचारका क्रममा निधन भएको छ।
केही समयदेखि ‘मेटास्ट्याटिक म्यालिग्न्यान्ट प्यान्क्रियाटिक क्यान्सर’ बाट पीडित केसीको अमेरिकामा उपचारका क्रममा शनिबार (कात्तिक १७ गते) निधन भएको हो।
स्वर्गीय केसीका श्रीमती र एक छोरी छन्।
राजधानी दैनिक, अन्नपूर्ण पोस्ट लगायतका विभिन्न दैनिकहरू करिब २ दशकदेखि फोटो पत्रकारिता सक्रिय फोटोपत्रकार केसी बिगत ६ वर्षदेखि अमेरिका रही आफनो क्षेत्रमा सक्रिय रहँदै आएका थिए।
प्रकाशित: १७ कार्तिक २०८१ २२:५८
प्रतिक्रिया