रहेनन् शिक्षासेवी चैतन्य शर्मा

हिमाल प्रेस १६ कार्तिक २०८१ १४:५२
372
SHARES
रहेनन् शिक्षासेवी चैतन्य शर्मा

काठमाडौँ- शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि नशासम्बन्धी र अक्सिजन मात्रा कम हुने समस्याबाट पीडित शर्माको बिहीबार दिउँसो साढे बजे चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको डा.देवराज अर्यालले जानकारी दिए।

उनको शनिबार बिहान ९ बजे पशपुति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ। शर्माका एक श्रीमती, दुई छोरा र एक छोरी छन्। जेठा छोरा क्यानडामा रहेकाले उनी आउन समय लाग्ने भएकाले शनिबार अन्त्येष्टि गरिने लागिएको हो।

हाल शर्माको शव अस्पतालमै राखिएको छ। शर्मा त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक थिए। उनले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्षका रुपमा काम गरेका थिए। प्रा.शर्माले मदन भण्डारी मेमोरियल क्याम्पसको प्रमुख भई लामो समय काम गरेका थिए।

उनी नेपाल प्रगतिशील प्राध्यापक संगठनको संस्थापक महासचिव समेत थिए। उनले केही समय उच्च माध्यमिक शिक्षा परिषद्मा उपाध्यक्ष भई काम गरे भने २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट नवलपरासीबाट उम्मेदवार भएका थिए।

शर्माले केही समय त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा सह नियन्त्रक समेत भएका थिए।

प्रकाशित: १६ कार्तिक २०८१ १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast