सामाजिक सञ्जालमा बालेन र ओलीको फेरि होड

हिमाल प्रेस १५ कार्तिक २०८१ १४:११ | Thursday, October 31, 2024
सामाजिक सञ्जालमा बालेन र ओलीको फेरि होड

काठमाडौँ- नेपाली महिला फुटबल टोलीको तस्बिर पोस्ट गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहबीच फेसबुकमा प्रतिस्पर्धा देखिएको छ। ओली र बालेन दुवैले महिला फुटबल टोलीलाई लक्ष्मीको उपमा दिएका छन्।

बालेनले बिहीबार बिहान चर्चित खेलाडी सावित्रा भण्डारी साम्बाको तस्बिरसहित ‘लक्ष्मीपूजाको शुभकामना हजुरहरूलाई’ भनेर फेसबुकमा पोस्ट गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले नेपाली महिला फुटबल टोलीको तस्बिरसहित ‘लक्ष्मीपूजाको दिन, नेपाली फुटबलका लक्ष्मीहरूसँग’ भनेर तस्बिर पोस्ट गरे।

ओलीले खेलाडीहरूसँगको सामूहिक तस्बिरसहितको तस्बिर पोस्ट गरेका हुन्। त्यसपछि प्रमुख शाहले आफ्नो फेसबुकको कभरमा ‘लक्ष्मीपूजाको शुभकामना’ लेख्दै नेपाली महिला फुटबल टोलीको तस्बिर पोस्ट गरेका छन्।

बुधबार साफ महिला च्याम्पियनसिप फूटबलको फाइनल खेलपछि प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेले । हाम्रो मेहनत अब अर्को खेल जित्नेगरी हुनेछ। धन्यवाद नेपाली टोली!’

उपविजेता बनेको महिला फुटबल टोलीलाई बालेनले काठमाडौँ महानगरपालिकाका तर्फबाट २५ लाख रुपैयाँ प्रदान गरेका छन्। त्यसपछि उनले सामाजिक सञ्जालमा नेताहरूले देश टुक्र्याएको आरोप लगाएका थिए। खेलाडीले देशलाई जोड्ने काम गरेको आशय बालेनको थियो।

उनले लेखेका थिए, ‘देशलाई जोड्ने खेलाडीहरूलाई हार्दिक हार्दिक बधाई। सधैँ देशलाई यसरी नै मायाले समात्नुहोला। नेता र राजनीतिले टुक्राएको देशलाई सधैँ यसरी नै जोड्ने काम गरिराख्नु होला।’

नेपाली टोली बुधबार भएको साफ च्याम्पियनसिपमा उपविजेता बनेको थियो। बंगलादेशले नेपाली टोलीले २–१ गोलले हराएको हो।

किन भिडिरहेका छन् ओली र बालेन?

प्रकाशित: १५ कार्तिक २०८१ १४:११ | Thursday, October 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast