कांग्रेस सभापति शेरबहादुर देउवा। फाइल तस्बिर
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा तीन सदस्य मनोनयन गरेका छन्।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही मनोनीत भएका हुन्।
प्रकाशित: १५ कार्तिक २०८१ ८:५२ | Thursday, October 31, 2024
प्रतिक्रिया




