प्रतिनिधिमूलक तस्बिर
काठमाडौँ- डडेल्धुरामा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ। आलिताल गाउँपालिका–१ दुनी बस्ने ५० वर्षीय लक्ष्मणराज जोशीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डम्बर बिष्टका अनुसार उनलाई १२ गते जंगलमा स्याउला काट्ने क्रममा अरिंगालले टोकेको थियो।
अरिंगालले टोकेर घाइते भएका जोशीलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइएकोमा थप उपचारका लागि धनगढीको नवजीवन अस्पताल लगिएको थियो।
स्वास्थ्यमा सुधार नभएपछि बुधबार भारतको बरेलीतर्फ लगिएकोमा बुधबार राति नै मृत्यु भएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए।
प्रकाशित: १५ कार्तिक २०८१ ८:०९ | Thursday, October 31, 2024
प्रतिक्रिया




