सुनको मूल्य १ लाख ७० हजार ७००

हिमाल प्रेस १४ कार्तिक २०८१ १०:३८ | Wednesday, October 30, 2024
सुनको मूल्य १ लाख ७० हजार ७००

काठमाडौँ- सुनको मूल्य आज पनि बढेको छ। बुधबार तोलामा २ हजार २०० रुपैयाँ बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो।

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम थियो। महासंघका अनुसार बिहीबार कायम भएको नयाँ मूल्य हालसम्मकै उच्च हो। पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै आएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुन प्रति १० ग्राम १ लाख ४६ हजार ३५० रुपैयाँ कायम भएको छ ।

यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा २ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ बढेर २ हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित: १४ कार्तिक २०८१ १०:३८ | Wednesday, October 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast