तिहार र छठ बिदामा पनि मानवअधिकार आयोग खुला रहने

हिमाल प्रेस १३ कार्तिक २०८१ १९:०१ | Tuesday, October 29, 2024
तिहार र छठ बिदामा पनि मानवअधिकार आयोग खुला रहने

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोग तिहार र छठ पर्वमा खुला रहने भएको छ।

आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार र छठ बिदामा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगका प्रवक्ता डा‍. टीकाराम पोखरेलद्वारा जारी प्रेस नोटमा उल्लेख छ।

आयोगले आमनागरिकको मानवअधिकारको संरक्षण कार्यलाई ध्यानमा राखी विगतमा झै यस वर्षको बिदा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाइएको जनाएको छ।

‘यस अवधिमा आयोगले मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्नेछ,’ प्रेस नोटमा भनिएको छ।

प्रकाशित: १३ कार्तिक २०८१ १९:०१ | Tuesday, October 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast