अमेरिका गलत दिशामा जाँदैछ : ट्रम्प

हिमाल प्रेस १३ कार्तिक २०८१ १२:३६
16
SHARES
अमेरिका गलत दिशामा जाँदैछ : ट्रम्प सोमबार अमेरिकाको एटलान्टामा आयोजित चुनावी अभियानमा नृत्य गर्दै राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकाका पूर्वराष्ट्रपति एवम् राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिका गलत दिशामा गइरहेको टिप्पणी गरेका छन्। अमेरिकाको जर्जिया राज्यमा आयोजित एक प्रश्नोत्तर कार्यक्रममा उनले भने, ‘अमेरिका गलत दिशामा जइरहेको छ। धर्मले नै अमेरिकालाई एकसाथ जोडेर राख्न सक्छ।’

कार्यक्रममा उनले आफूमाथि गत जुलाईमा भएको आक्रमणको प्रसंग पनि उल्लेख गरेको बीबीसीले जनाएको छ।

अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपति पदको चुनाव हुँदैछ। चुनावमा डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकनबाट पूर्व राष्ट्रपति ट्रम्प मैदानमा छन्। चुनावी सर्वेक्षणहरू ट्रम्प पुरुषहरूका बीच र महिला ह्यारिसबीच लोकप्रिय रहेको विवरण सार्वजनिक गरेका छन्।

अघिल्लो महिना सीएनएनलाई दिएको अन्तर्वार्तामा हैरिसले भनेकी थिइन्, ‘म चुनाव लड्दैछु किनकि म विश्वास गर्छु– अहिलेको समयमा सबै अमेरिकीका लागि राष्ट्रपतिका रूपमा काम गर्न म सबैभन्दा उपयुक्त छु, चाहे उनीहरूको जाति वा लिंग जे भए पनि।’

प्रकाशित: १३ कार्तिक २०८१ १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast