सिरहा- सिरहाको लहान नगरपालिकामा खसीको भनेर बाख्राको मासु बिक्री गरेको पाइएको छ। सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गर्दा यस्तो भेटिएको हो।
यस्तो मासु बिक्री गर्ने पसलेलाई पाँच हजार रुपैयाँ जरिवाना गरिइएको छ। यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी ११ हजार रुपैयाँ जरिवान गरिएको उपप्रमुख महतोले जानकारी दिए।
अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो । उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोले बताए।
अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको नगरपालिकाले जनाएको छ।
प्रकाशित: १३ कार्तिक २०८१ ७:१५
प्रतिक्रिया