बझाङमा जिप दुर्घटना, चार घाइते

हिमाल प्रेस १२ कार्तिक २०८१ १३:१६ | Monday, October 28, 2024
बझाङमा जिप दुर्घटना, चार घाइते

बझाङ- बझाङमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो।

सात जना यात्रु चढेको उक्त जीप तीव्र गतिका कारण सडकमै पल्टिएको हो। दुर्घटनामा घाइते हुनेहरूमा जीपका चालक तलकोट गाउँपालिका-१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका-११ का १७ वर्षीय शंकर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०८१ १३:१६ | Monday, October 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast