विश्वकप लिग २ : फेरि चुक्यो नेपाली क्रिकेट टोली

हिमाल प्रेस १२ कार्तिक २०८१ ६:४६ | Monday, October 28, 2024
विश्वकप लिग २ : फेरि चुक्यो नेपाली क्रिकेट टोली

काठमाडौँ- नेपाली क्रिकेट टोली फेरि जितका लागि चुकेको छ। आईसीसी विश्वकप लिग २ का ९ मध्ये ७ खेलमा हार ब्यहोरिसकेको नेपालले यो खेलबाट जितसँगै अंक बढाउने आशा थियो।

किनकि, यसअघि अमेरिकासँगै टी २० शृंखला क्लीनसिप गरेको नेपालले एक दिवशीय खेलमा भने स्तब्ध बनेको छ।

अमेरिकासँग उसकै होम ग्राउन्डमा नेपाल ३ विकेटले पराजित भएको हो। नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले २ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो।

अमेरिकाको जितमा शयान जहनगिरले १०४ रनको योगदान दिए। उनले ९७ बलमा १२ चौका र ६ छक्का प्रहार गरे। कप्तान मोनान्क पटेलले ६२ र हरमित सिंहले ५७ रनको योगदान दिए।

नेपालका कुशल भुर्तेल एक्लैले चार विकेट लिए। उनले ६ ओभरमा २३ रन दिएर ४ विकेट झारेका थिए। सोमपाल कामीले २ तथा ललित राजवंशीले एक विकेट लिए।

त्यसअघि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २ सय ८६ रन बनाउँदा अलआउट भयो। नेपालका कप्तान रोहित पौडेल शतक नजिक पुगेर चुके। उनले ७५ बलमा ८ चौका र ३ छक्का सहयोगमा सर्वाधिक ९६ रन बनाउँदा बोल्ड आउट भए।

आशिफ शेख ५२ बलमा क्याच आउट भए। उनले ६७ बलमा ७ चौका र १ छक्का प्रहार गरे। आरिफ शेखले ३७, दीपेन्द्र सिंह ऐरीले १३ र कुशल भुर्तेलले ११ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

शृंखलाको दोस्रो नेपालले नेपालले भोलि मंगलबार स्कटल्यान्डसँग खेल्ने तालिका छ। नेपाल, अमेरिका र स्कटल्यान्डबीचको यो सिरिजमा अब नेपालले भोलि राति सवा नौ बजे स्कटल्यान्डसँग खेल्नेछ।

प्रकाशित: १२ कार्तिक २०८१ ६:४६ | Monday, October 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast