जनकपुरबाट २२१ केजी गाँजासहित एकजना पक्राउ

हिमाल प्रेस ११ कार्तिक २०८१ १८:०९
10
SHARES
जनकपुरबाट २२१ केजी गाँजासहित एकजना पक्राउ

काठमाडौँ- लागूऔषध गाँजासहित धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले २२१ केजी ३८ ग्राम गाँजासहित मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश लुड्वालाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा धनुषा प्रहरीबाट खटेको टोलीले जनकपुरधाम–१४ बाबा आयल सेन्टर अगाडिबाट लुड्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

मकवानपुरको भीमफेदीबाट जनकपुरतर्फ आउँदै गरेको ना.५ ख. १७७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा प्रतिबन्धित २२१ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०८१ १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast