पर्यटनमन्त्री पाण्डेद्वारा विश्वविख्यात चिनियाँ वैज्ञानिक विङडिङ सम्मानित

हिमाल प्रेस ११ कार्तिक २०८१ १६:०२ | Sunday, October 27, 2024
पर्यटनमन्त्री पाण्डेद्वारा विश्वविख्यात चिनियाँ वैज्ञानिक विङडिङ सम्मानित

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, ऊर्जा र स्वस्थयसम्बन्धी १६ वटा देशका वैज्ञानिकहरुको सहभागिता रहको काठमाडौमा आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले उनलाई अभिनन्दन गरेका हुन्।

उक्त गोष्ठीमा जलवाय परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या समाधानलगायतका विषयका साथै पर्यटन प्रवद्र्धनका क्षेत्रमा गुणस्तरीय छलफल भएको प्रति कृतज्ञता व्यक्त गरेका थिए।

मन्त्री पाण्डेले भने, ‘आज हामी एउटा विशेष सन्दर्भले जोडिएका छौं। हामी एक जना विश्व विख्यात वैज्ञानिकलाई हाम्रो तन, मन र वचनबाट सम्मान गर्दैछौँ। चीनमा डिस्टिङगुइस योङ साइन्टिस्ट र चाङजियाङको उपाधि प्राप्त गरि सक्नुभएका उहाँ संसारका दुई प्रतिशत वैज्ञानिकभित्र पर्ने वैज्ञानिक हुनु हुन्छ।’

मन्त्री पाण्डेले उनको ४७० भन्दा धेरै अनुसन्धानमूलक लेखहरू लेखेको बताउँदै उनको स्वास्थ्य प्रविधिको क्षेत्रमा अनुसन्धान र उद्योगलाई जोड्ने विषयमा अतुलनीय योगदान रहेको उल्लेख गरे।

मन्त्री पाण्डे नेपाल र चीनबीच यस्ता आदन–प्रदानको धेरै पुरानो इतिहास रहेको उल्लेख गर्दै बौद्धभिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा यहाँ नेपाल आएको अभिलेखले रहेको र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पु¥याएको उल्लेख गरे।

उनले सुदूरपश्चिम विश्वविद्यालयलाई नेपालको विकासको अनुसन्धानको केन्द्रको रूपमा विकसित गर्न चीनिया विश्वविद्यालय र सरकारलाई जोड्ने पुलको रूपमा पनि सहयोग गरिदिनु समेत अनुरोध गरे।

उनले कोरियाली एवं चिनिया नागरिकलगायत अन्य सहभागीलाई नेपालको प्राकृतिक र सांस्कृति रुपमा सम्पन्न मुलुक भएकाले नेपाल घुम्न आउन समेत अनुरोध गरे।

अभिनन्दन कार्यक्रममा बोल्दै विङडिङले नेपालीेहरु निकै आत्मिय रहेको भन्दौ नेपाली विदयार्थीहरुलाई आफू माताहतमा अध्ययन अनुसन्धानमा लगाउन नपाएको उल्लेख गर्दै आफूसँग जोडिन दिन आग्रह गरे। प्राध्यापक विङडयानको मातहतमा ११४ जना विद्यार्थीहरुले विद्यावारिधी गरिरहेका छन्।

प्रकाशित: ११ कार्तिक २०८१ १६:०२ | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast