काठमाडौँ- सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार चार सय रुपैयाँले वृद्धि भएको हो।
शुक्रबार प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६७ हजार चार सय रुपैयाँ निर्धारण भएको छ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला २७० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने दुई हजार ८५ रुपैयाँ निर्धारण भएको छ।
प्रकाशित: ११ कार्तिक २०८१ ११:५५ | Sunday, October 27, 2024
प्रतिक्रिया




