मैले बारम्बार भनेकी छु, विद्यालय शिक्षा ऐन छिटो बनाउनुपर्छ : शिक्षामन्त्री भट्टराई

हिमाल प्रेस ११ कार्तिक २०८१ १०:५२ | Sunday, October 27, 2024
मैले बारम्बार भनेकी छु, विद्यालय शिक्षा ऐन छिटो बनाउनुपर्छ : शिक्षामन्त्री भट्टराई फाइल तस्बिर।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिहारपछि विद्यालय शिक्षा विधेयक-२०८० माथि निरन्तर छलफल हुने बताएकी छन्। आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको उत्तरमा उनले सो कुरा बताएकी हुन्।

सो अवसरमा मन्त्री भट्टराईले शिक्षा ऐन जारी नभएसम्म विद्यालय शिक्षा क्षेत्रका बेथिति अन्त्य नहुने बताइन्। उनले भनिन्,‘तिहार पछाडि निरन्तर छलफलमा लैजाने कुरा छ। विद्यालय शिक्षा ऐनलाई छिटोभन्दा छिटो पारित गर्‍यौं भने विद्यालय शिक्षाका बेथिति अन्त्य हुन्छ। संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति‍मा छलफलमा रहेका कारण समितिलाई छिटो ऐन बनाउँ भनेर मन्त्रालयले अनुरोध गरेको छ। समितिले संशोधनकर्तासँग एकसरो छलफल  गरिसकेको अवस्था छ।’

मन्त्री भट्टराईले आम रूपमा शिक्षक कस्तो हुने? शिक्षक भनेको के हो? त्यसलाई परिभाषित गर्ने ऐन आजसम्म नभएको बताइन्। ‘त्यसैले मैले बारम्बार भनेकी छु, विद्यालय शिक्षा ऐन छिटो बनाउनुपर्छ,’ उनले भनिन्।

भट्टराईले गत असार ३१ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदभार सम्हालेकी थिइन्।

प्रकाशित: ११ कार्तिक २०८१ १०:५२ | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast