गोदावरी पुष्पमेला : तीन दिनमा ९० लाखको कारोबार

हिमाल प्रेस ११ कार्तिक २०८१ ८:३२ | Sunday, October 27, 2024
गोदावरी पुष्पमेला : तीन दिनमा ९० लाखको कारोबार

ललितपुर- ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म ९० लाख रुपैयाँको कारोबार भएको छ।

प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन्। पुष्पमेलाका संयोजक जंगबहादुर तामाङका अनुसार यही कात्तिक ८ गतेदेखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार नौ सय जनाले अवलोकन गर्दा २५ लाख रुपैयाँको कारोबार भएको थियो।

दोस्रो दिन नौ हजार आठ सय जनाले अवलोकन गर्दा २५ लाख रुपैयाँको कारोबार भएको थियो भने तेस्रो दिन १५ हजार नौ सय जनाले अवलोकन गर्दा ५० लाख रुपैयाँ बराबरको कारोबार भएको उनले जानकारी दिए।

उक्त मेलाले फूलखेती व्यावसायिकरूपमा फस्टाइरहेको संकेत गरेको संयोजक तामाङ बताउँछन्। नेपालमा हाल ५२ जिल्लामा दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा आठ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको लगानी भएको छ।

यस व्यवसायमा एक हजार एक सयभन्दा बढी व्यवसायी संलग्न छन्।

प्रकाशित: ११ कार्तिक २०८१ ८:३२ | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast