संगठन निर्माण जुट्यो जसपा नेपाल

हिमाल प्रेस ११ कार्तिक २०८१ ६:४३ | Sunday, October 27, 2024
संगठन निर्माण जुट्यो जसपा नेपाल

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत विभिन्न सांगठनिक गतिविधिहरुमा केन्द्रित रहेको छ।

केन्द्रीय समितिको बैठकबाट अभियन्ताको रुपमा खटाइएका पार्टीका केन्द्रीय नेताहरूले आफ्नो जिम्मेवारीमा परेका पालिका समिति गठन, पुनर्गठन गर्ने कार्यलाई तिव्रता दिएका छन्। पार्टीका अधिकांश केन्द्रीय नेताहरु अभियानका लागि कार्यक्षेत्रमा खटिएका छन्।

यसैबीच पर्सा, रौतहट, तनहुँलगायतका जिल्लाहरुमा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु जसपा नेपाल प्रवेश गरेका छन्।

जिल्ला तथा पालिकामा विस्तारित बैठक आयोजना गरिनुका साथै अनुगमन तथा समीक्षा बैठकसमेत आयोजना भइरहेका छन्।

पार्टीको केन्द्रीय समितिले सञ्चालन गरेको यस अभियानले पार्टीको सदस्य संख्या पाँच लाख पुर्‍याउने लक्ष्य राखेको छ। यो अभियान मंसिर मसान्तसम्म चल्ने छ।

प्रकाशित: ११ कार्तिक २०८१ ६:४३ | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast