वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको हो : प्रचण्ड

हिमाल प्रेस १० कार्तिक २०८१ १५:२८
20
SHARES
वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको हो : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खबरदारीसभा घोषणा गरेसँगै सरकार ढल्छ कि भन्ने आतंक सत्ताधारी दलमा देखिएको बताएका छन्।

शनिबार काठमाडौँमा सरकारकाविरूद्ध माओवादी केन्द्रले आयोजना गरेको खबरदारीसभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले सरकार ढाल्नका लागि खबरदारी सभा नगरेको प्रस्ट पारे।

प्रचण्डले वर्तमान सरकार सुशासनको विरूद्ध, भ्रष्टाचारलाई जोगाउन र रातको १२ बजे दलालहरूको घरघरमा पुगेर बनेको आरोप लगाए। खबरदारीसभा राख्ने भएपछि सरकारले सत्ताधारी दलको बैठक बोलाएको बताउँदै उनले आफूहरू यो सरकार ढाल्नपछाडि नलाग्न जिकिर गरे।

अध्यक्ष प्रचण्डले संघीय गणतान्त्रिक लोकतन्त्र र संविधानको रक्षाका लागि खबरदारीसभा गरेको उल्लेख गरे। माओवादीले सडकबाट सरकार फेर्न हतारो गरेको भन्ने भ्रम नपाल्न उनले सत्तारुढ दलहरूलाई आग्रह गरे।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इंगित गर्दै उनले विगतमा संगत गरेर गल्ती गरेको महसुस भएको उनले बताए। भ्रष्ट र जाली नेताहरूसँग लागेर माओवादी केही बिग्रिए पनि अहिले सुध्रिएर जनतामाझ आएको प्रचण्डको भनाइ छ।

उनले उद्धार, राहत र पुनःनिर्माणको कार्यलाई गम्भीरताका साथ अगाडि बढाउन सरकारलाई ध्यानाकर्षण गराए।

खबरदारीसभालाई सरकारले जिम्मेवारीपूर्वक नलिए भोली के हुने त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने उनको चेतावनी थियो।

प्रकाशित: १० कार्तिक २०८१ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =