सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नेचर हर्ब्सका सञ्चालक खनाल पक्राउ

हिमाल प्रेस ९ कार्तिक २०८१ २०:४०
18
SHARES
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नेचर हर्ब्सका सञ्चालक खनाल पक्राउ

काठमाडौँ – सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले खनाललाई पक्राउ गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेत प्रतिवादी रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि खनाललाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन्।

नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक खनाल गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं सेयरधनीसमेत रहेका सीआईबीले जनाएको छ।

सीआईबीको टोलीले उनलाई काठमाडौँ महानगरपालिका वडा नम्बर ३ पानीपोखरीबाट पक्राउ गरेको हो।

खनाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको सीआईबीले जनाएको छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगी तथा संगठित अपराधसम्बन्धी कसुर मुद्दामा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछाने र पूर्वडिआईजी छविलाल जोशी बन्जारे यसअघि नै पक्राउ परिसकेका छन्।

लामिछाने र बन्जारे हाल कास्की प्रहरीको न्यायिक हिरसातमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 4 =