प्रहरी पोस्टमा गोली लागेर घाइतेको उद्धार गर्दै। तस्बिर एबीसी न्युज
पेशावर- पाकिस्तानी तालिबानले अफगान सीमा नजिकैको चेकपोस्टमा गरेको आक्रमणमा दश जना प्रहरी मारिएका छन्। एक वरिष्ठ गुप्तचर अधिकारीका अनुसार आक्रमणका क्रममा फ्रन्टियर कन्स्टेबुलरीका दश जना मारिए भने सात जना छन्।
खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा प्रहरी सहायता बलको चौकीमा करिब २० देखि २५ जना आतंकले आक्रमण गरेका थिए। आक्रमण अफगानी सीमाबाट करिब ७० किलोमिटर पूर्वमा भएको थियो। रासस/एएफपी
प्रकाशित: ९ कार्तिक २०८१ १२:३४ | Friday, October 25, 2024
प्रतिक्रिया




