अमेरिकामा अर्थमन्त्री पौडेलले भने : जलवायु परिवर्तनबाट नेपाल पीडित छ

हिमाल प्रेस ९ कार्तिक २०८१ १२:०८ | Friday, October 25, 2024
अमेरिकामा अर्थमन्त्री पौडेलले भने : जलवायु परिवर्तनबाट नेपाल पीडित छ

अमेरिका- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनबाट नेपाल पीडित भएको बताएका छन्। उनले त्यसको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय सहायताको अपेक्षा नेपालले गरेको बताए।

विश्व बैंक र कोलम्बियाले संयुक्त रूपमा आज यहाँ आयोजना गरेको जैविक विविधता तथा प्राकृतिक वित्तसम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण नेपालको जलसम्पदा र प्राकृतिक विविधता संरक्षणमा चुनौती थपिएको बताए।

उनले जलवायु परिवर्तनमा नेपालको नगण्य योगदान रहे पनि जलवायुजन्य समस्याबाट आफ्नो देश प्रभावित भएकाले वातावरणमैत्री अन्तर्राष्ट्रिय कोषमा सहज पहुँचका लागि अन्तर्राष्ट्रिय निकायलाई आग्रह गरे।

मन्त्री पौडेलले जलवायु परिवर्तनका प्रभाव कम गर्ने उद्देश्यले स्थापित स्रोत साधनका संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ९ कार्तिक २०८१ १२:०८ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast