राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु

हिमाल प्रेस ८ कार्तिक २०८१ १९:४२ | Thursday, October 24, 2024
राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु प्रतीकात्मक तस्बिर।

लुम्बिनी– दाङको राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ। लमही नगरपालिका–२ रनियाँपुरका तीन बालिकाको बिहीबार राप्ती नदीमा डुबेर मृत्यु भएको हो।

लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इश्वर थापाले जानकारी दिए।

कृष्टी गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीमा कक्षा ८ मा, झरना पत्थरगढवास्थित मार्टिन एकेडेमीमा कक्षा ४ मा तथा निशा सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन्।

प्रकाशित: ८ कार्तिक २०८१ १९:४२ | Thursday, October 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast