रविलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

हिमाल प्रेस ८ कार्तिक २०८१ १५:०८ | Thursday, October 24, 2024
रविलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति रवि लामिछाने। फाइल तस्बिर

पोखरा – सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछाने र छविलाल जोशीलाइ ७ दिन म्याद थप भएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरुलाई उक्त मुद्दामा अनुसन्धानका लागि ७ दिन म्याद थप गरेको हो। सोही प्रकरणमा पक्राउ परेकी लीला पछाईलाई पनि ७ दिन नै म्याद थप भएको छ।

सरकारका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्लेसहित सहायक जिल्ला न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र विपीनराज तिवारी, अधिवक्ता बिबी विष्ट र युवराज पराजुलीले बहस गरेका थिए। सरकारी वकिलले थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग दाबी गरेका थिए। अनुसन्धानमा विभिन्न सरकारी कार्यालय तथा बैंकहरुबाट कागजात माग गरिएकोमा तत्काल प्राप्त नभइसकेको र बयान प्रारम्भ भएकाले थुनामै राख्नुपर्ने माग गरेका थिए।

उता, रवि लामिछानेको तर्फबाट गत आइतबार झैं वरिष्ठ अधिवक्ताद्वय नारायण घिमिरे र हरिप्रसाद सुवेदी, अधिवक्ता नारायण कँडेल, सोविता गौतम, मधुकुमार चौलागाईं र पदमराज शर्माले बहस गरेका थिए।

छविलाल जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए।

रास्वपा सभापतिसमेत रहेका लामिछाने गत शुक्रबार पक्राउ परेका थिए। उनलाई यसअघि ६ दिन म्याद थप भएको थियो।

गोर्खा मिडिया नेटवर्कका पूर्व संचालक पूर्व डिआईजी जोशीलाई गत ६ असोजका पक्राउ गरिएकोमा एक महिनायता अनुसन्धान भइरहेको छ।

लामिछानेलाई थप हिरासतमा राखिने भएपछि रास्वपा कार्यकर्ताले पोखराको राष्ट्र बैंक चोक क्षेत्रमा चर्को नाराबाजी गरिरहेका छन्। प्रहरीसँग धकेलाधकेल भएको छ। स्थिति तनावग्रस्त हुन सक्ने अवस्था छ।

प्रकाशित: ८ कार्तिक २०८१ १५:०८ | Thursday, October 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast