शिक्षा विधेयकमा विद्यालय कर्मचारीका मुद्दा समावेश गराउन लाग्न अनुरोध

हिमाल प्रेस ८ कार्तिक २०८१ १०:४७ | Thursday, October 24, 2024
शिक्षा विधेयकमा विद्यालय कर्मचारीका मुद्दा समावेश गराउन लाग्न अनुरोध प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी। फाइल तस्बिर।

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय शिक्षा विधेयक–२०८० मा आफ्नो मुद्दा समावेश गराउन सक्रियतापूर्वक लाग्न अनुरोध गरेका छन्।

उनले विधेयकमा आफ्ना मुद्दा समावेश गराउन आ–आफ्नो जिल्लामा सांगठनिक काम गर्न अनुरोध गरेका हुन्।

उनले भने, ‘विद्यालय शिक्षा विधेयकमा विद्यालय कर्मचारीका मुद्दा समावेश गराउनका निम्ति नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला अध्यक्षज्यूहरू आ-आफ्नो जिल्लामा सक्रियता पूर्वक सांगठनिक काम गर्नुहुन विनम्र अनुरोध छ।’

सरकारले अघिल्लो वर्ष नै शिक्षा विधेयक संसद्बाट जारी हुन्छ भनेर आश्वासन दिए पनि अहिले पनि संसदीय समितिमै अड्किएको छ।

प्रकाशित: ८ कार्तिक २०८१ १०:४७ | Thursday, October 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast