तिहारमा काठमाडौँमा प्लाष्टिकका पुष्प गुच्छा र माला बिक्री प्रतिबन्ध

हिमाल प्रेस ८ कार्तिक २०८१ ९:१८ | Thursday, October 24, 2024
तिहारमा काठमाडौँमा प्लाष्टिकका पुष्प गुच्छा र माला बिक्री प्रतिबन्ध

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ।

महानगरले आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसारप्रसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा निषेध गरिएको स्मरण गराएको हो।

प्लास्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्नुपर्ने व्यवस्था गर्न सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणको अनुरोध गरिएको छ।

महानगरपालिकाको अनुगमन टोलीले निरीक्षणको क्रममा उक्त निषेध गरिएका कार्य भए गरेको पाइएमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ।

प्रकाशित: ८ कार्तिक २०८१ ९:१८ | Thursday, October 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast