सुनको मूल्यमा आज पनि कीर्तिमान, तोलाको १ लाख ६६ हजार नजिक पुग्यो

हिमाल प्रेस ७ कार्तिक २०८१ १०:५२
20
SHARES
सुनको मूल्यमा आज पनि कीर्तिमान, तोलाको १ लाख ६६ हजार नजिक पुग्यो

काठमाडौँ- सुनको मूल्यमा आज पनि कीर्तिमान कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ। यससँगै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। जुन मूल्य हालसम्मकै उच्च हो। यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ कायम भएको थियो।

यस्तै बुधबार छापावाल सुन प्रति १० ग्राम १ लाख ४२ हजार ९२० रुपैयाँ कायम भएको छ । यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा २ हजार १०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर २ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: ७ कार्तिक २०८१ १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =