सहकारी ठगी प्रकरण :

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि पोखराबाट रुपन्देही पुर्‍याइयो

हिमाल प्रेस ५ कार्तिक २०८१ १६:३६ | Monday, October 21, 2024
पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि पोखराबाट रुपन्देही पुर्‍याइयो छविलाल जोशी

काठमाडौँ- सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई कास्कीबाट रुपन्देही पठाइएको छ। पोखराको सूर्यदर्शन सहकारीसँगै बुटवलको सुप्रिम सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप जोशीमाथि छ।

यही विषयमा थप अनुसन्धान गर्नका लागि रुपन्देही पठाइएको कास्की प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई सोमबार जहाजमार्फत रुपन्देही लगिएको हो । त्यहाँपनि उनीविरुद्ध सहकारी ठगीबारे बयान हुनेछ। जोशी गत असोज ६ गते काठमाडौँबाट पक्राउ परेका थिए।

जोशी गोर्खा नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदारसमेत हुन्। बुटवलमा उनको बयान पूरा भएपछि पोखरा फर्काइने प्रहरीले जनाएको छ।

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछाने पनि पक्राउ परेका छन्। उनलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ।

प्रकाशित: ५ कार्तिक २०८१ १६:३६ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast