सुनको मूल्य बढेको बढ्यै, तोलाको एक लाख ६५ हजार ६००

हिमाल प्रेस ५ कार्तिक २०८१ ११:०८ | Monday, October 21, 2024
सुनको मूल्य बढेको बढ्यै, तोलाको एक लाख ६५ हजार ६००

काठमाडौँ- सुनको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २३ गतेयता सुनको मूल्य दैनिक बढ्दै गएको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो। यसअघि, आइतबार एक लाख ६५ हजार रुपैयाँमा उच्च मूल्यमा कारोबार भएको थियो।

असोज २३ गते एक लाख ५९ हजार १०० रुपैयाँबाट छापावाल सुनको मूल्य बढ्नेक्रम रोकिएको छैन। त्यसपछिका कारोबार दिनमा सुनको मूल्य लगातार बढ्दै गएको छ।त्यसपछि दसैँलगत्तै बजार खुल्दा असोज २९ गते एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि २० रुपैयाँ बढेको छ। यसदिन चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: ५ कार्तिक २०८१ ११:०८ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast