 
                             
                                            काठमाडौँ- नेकपा एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले एक्लै भए पनि सत्यको पक्षमा उभिनुपर्ने बताएकी छन्। उनले फेसबुकमा गौतम बुद्धको वाणी लेख्दै ‘एक्लै भए पनि सत्यको पक्षमा उभिनुपर्दछ’ भनेर लेखेकी हुन्। स्टाटससँगै उनले आफू र नेतृ बिन्दा पाण्डेको तस्बिर पनि राेखकी छन्।
आइतबार बसेको सचिवालय बैठकले उनीसहित तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। एमालेले तिम्सेनासँगै नेता भीम रावल र बिन्दा पाण्डेलाई पनि स्पष्टीकरण सोधेको छ।
कीर्तिपुरमा निर्माण भइरहेको पार्टी कार्यालयका लागि एक व्यवसायीले जग्गा दान गरेको विषयमा आलोचना गरेपछि उनीहरूलाई स्पष्टीकरण सोध्ने एमालेले निर्णय गरेको हो। व्यवसायी मीनबहादुर गुरूङसँग दान लिएर पार्टी केन्द्रीय कार्यालय भवन बनाउन लागेपछि एमालेभित्रै पनि आलोचना भइरहेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 