पर्यटन व्यवसायी वसन्तराज मिश्रको अवस्था जटिल

हिमाल प्रेस ३ कार्तिक २०८१ ९:४२
4
SHARES
पर्यटन व्यवसायी वसन्तराज मिश्रको अवस्था जटिल

काठमाडौँ- पर्यटन व्यवसायी एवं टेम्पल टाइगर रिसोर्टका अध्यक्ष वसन्तराज मिश्रको स्वास्थ्य अवस्था जटिल बनेको छ । मिश्रलाई डेंगू संक्रमण भएपछि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

‘उहाँको सीसीयूमा राखेर उपचार गरिरहेका छौँ, अवस्था क्रिटीकल रहेको छ,’ उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै नर्भिक अस्पताल स्रोतले भन्यो । मिश्रलाई स्वास्थ्यलाभका लागि कुनै कसर बाँकी नराख्‍ने अस्पतालले जनाएको छ । नेपालको पर्यटन क्षेत्रको विकासमा अतुलनीय योगदान गरेका मिश्रले नेपालमा गुणस्तरीय (हाइ इन्ड) पर्यटक भित्र्याउन नीतिगतदेखि व्यवसायिक क्षेत्रमा निरन्तर सकृय रहेका छन् ।

उनी नेपाल एसोसिएसन अफ टुर अपरेटर्सका पूर्व अध्यक्ष तथा नेपाल उद्योग परिसंघको रोजगारदाता परिषद्का संयोजकका साथै विभिन्न सामाजिक संस्थाहरूमा समेत सक्रिय रहँदै आएका छन् ।

पछिल्लो समय उनी ज्यानु — वसन्तराजमिश्र फाउन्डेसन मार्फत च्यारिटी र समाजसेवामा समेत सक्रिय छन् ।

प्रकाशित: ३ कार्तिक २०८१ ९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − five =