१५औँ महाधिवेशनमा सभापतिमा उठ्ने हो, कन्फ्युजन नहुनुहोला : शेखर कोइराला

हिमाल प्रेस २ कार्तिक २०८१ २०:१७
26
SHARES
१५औँ महाधिवेशनमा सभापतिमा उठ्ने हो, कन्फ्युजन नहुनुहोला : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कुनै ‘कन्फ्युजन’ मा नपर्न नेता, कार्यकर्तालाई आग्रह गरेका छन्।

विराटनगरस्थित कोइराला निवासमा आज (शुक्रबार) मधेश प्रदेशका नेताहरूसँग भएको भेटघाटमा नेता कोइरालाले भने, ‘अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो। त्यसको लागि तपाईंहरू आ–आफ्नो कार्यक्षेत्रमा खटिनुहोस्।’

नेता कोइरालाले जतिसुकै कोसिस गरे पनि पार्टी संगठन सुदृढीकरण र कार्यकर्ताहरूलाई न्याय गर्ने कुरामा आफूले भनेजति काम गर्न नसकेको स्वीकार गरे। उनले नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको स्पष्ट पारे।

२०८२ मंसिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिँदै नेता कोइरालाले समयमै महाधिवेशन हुन नसके सिंगो कांग्रेस पार्टी नै धरासयी बन्ने भएकाले समयमै महाधिवेशन गराउने कुरामा लाग्न जिल्ला–जिल्लाका नेताहरूलाई निर्देशन दिए।

प्रकाशित: २ कार्तिक २०८१ २०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =