तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

हिमाल प्रेस २ कार्तिक २०८१ १९:२० | Friday, October 18, 2024
तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछि गएको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले कात्तिक मसान्तभित्र अस्थायी आवास निर्माणको रकम निकासा गरिसक्न तथा बिजुली, स्वास्थ्य, खानेपानीलगायत अवरुद्ध सेवा १५ दिनभित्र खुलाउन निर्देशन दिए।

उनले विपद्पछिको क्षतिको विस्तृत मूल्याङ्कन छिट्टैगरी पुनःनिर्माणमा अपुग हुने रकम जुटाउन दातृनिकाय वा विदेशी सरकारको सहभागितामा सम्मेलन गर्न पनि निर्देशन दिए।

उनले किसानको बालीनालीको नोक्सानी भएको स्थितिमा उनीहरुलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिँदै भत्किएका कुलोहरुको मर्मत आगामी जेठ १५ भित्र गरिसक्न आग्रह गरे।

राष्ट्रिय परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेपाल भूकम्पीय, पहिरो र जलवायु परिवर्तनजन्य विपद्को जोखिममा रहेकाले त्यसको पूर्वतयारी तथा सुरक्षित एकीकृत बस्ती विकासको नीतिगत तर्जुमा गर्न आग्रह गर्दै अन्यत्र आवास नभई जोखिमयुक्त स्थानमा बसेकाहरुलाई बस्ती स्थानान्तरण गर्न र अन्यत्र घर भई जोखिमयुक्त स्थानमा रहेकाहरुलाई त्यहाँबाट हटाउनुपर्ने स्पष्ट पारे।

देश र जनताको सुरक्षाका लागि पारदर्शी रुपमा पहिराको जोखिम भएका स्थानमा वनक्षेत्र विस्तार गर्न र कतिपय वनक्षेत्रमा सुरक्षित बस्ती विकासको योजना पनि अघि बढाउन सकिने उनको भनाइ थियो।

प्रकाशित: २ कार्तिक २०८१ १९:२० | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast