विपक्षी दलको बैठक : रवि लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने

हिमाल प्रेस २ कार्तिक २०८१ ११:३७
32
SHARES
विपक्षी दलको बैठक : रवि लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने

काठमाडौँ- प्रतिपक्षी दलको बैठकले सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरे प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको बैठकले ठूला घोटला गर्नेहरू सरकारमै रहेकोले कारबाही त्यहीँबाट सुरु गर्नुपर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए।

‘सहकारीभन्दा ठूला प्रकरणमा मुछिएकालाई जोगाएर अन्यलाई जबर्जस्ती फसाउन खोजिएकोले प्रतिवाद गर्ने निर्णय भएको छ,’ बैठकमा सहभागी ती नेताकाले भने, ‘सहकारी प्रकरणभन्दा ठूलो घोटलाहरू गिरीबन्धू टी स्टेट प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरू सरकारमा छन्। नीहरूदेखि कारबाही सुरु हुनुपर्‍यो।’

त्यस्तै बैठकमा माओवादी अध्यक्ष दाहालले सरकारमा रहेका दलहरू प्रतिपक्षी दललाई अध्यादेशमार्फत फुटाउन सक्रिए भएको सूचना पाएको बताएका थिए।

बैठकले सरकारको कार्यप्रगति र शैली केही पनि सही नभएको निष्कर्ष निकालेको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जानकारी दिए। ‘सरकार गलत बाटो हिँडिरहेकोले त्यसको प्रतिवाद गर्नुपर्ने अवस्था आएकोबारे छलफल भयो’ उनले हिमालप्रेससँग भने।

बैठकमा प्रचण्डले पनि रास्वपाका सभापति लामिछानेलाई पक्राउको तयारी भएको सूचना पाएको जानकारी गराएका थिए। लामिछाने सहकारी प्रकरणमा मुछिएका छन्। सरकारले यसअघि पनि उनलाई पक्राउको तयारी भएको बताउँदै आए पनि उनी पक्राउ परेका छैनन्।

गोरखा मिडियाका सञ्चालकमध्ये छवि जोशी दसैँअघि नै पक्राउ परिसकेका छन्। लामिछानेलाई पनि अनुसन्धानको दायरामा ल्याउन पक्राउको तयारी भएको बुझिएको छ।

संसद् भवनको ल्होत्से हलमा विपक्षी दलको बैठक सुरु

प्रकाशित: २ कार्तिक २०८१ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =