लुम्बिनीमा तीन महिने वर्षाबास समापन

हिमाल प्रेस १ कार्तिक २०८१ १२:३०
12
SHARES
लुम्बिनीमा तीन महिने वर्षाबास समापन

लुम्बिनी- गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा तीन महिने वर्षाबास तथा धार्मक अनुष्ठानको बिहीबार समापन गरिएको छ। राजकीय बुद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर धम्मले धर्मदेशनासहित वर्षाबासको समापन गरेका हुन्।

वर्षात्को तीन महिना प्रतिकूल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक उपासिकासहित भिक्षुहरू सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई वर्षाबास भनिन्छ। लुम्बिनीमा विगत ८ वर्षदेखि स्थानीय समुदायका तर्फबाट वर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको संयोजक गठन गरी मनाउने गरिएको छ।

बौद्ध महिला समितिको व्यवस्थापनमा भएको वर्षाबासअवधिभर दैनिक धर्मदर्शन, पूजालगायतका विभिन्न धार्मिक गतिविधि सञ्चालन गरिएको थियो। राजकीय बुद्ध विहारका संरक्षक भिक्षु सागरधम्मले बुद्धले सबै प्राणीको कल्याणका लागि प्रदान गरेको उपदेशलाई असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म ९० दिनसम्म लुम्बिनीमा वर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको माध्यमबाट उजागर गर्ने काम गरेको बताए।

उनले आफूहरूले विगत ८ वर्षदेखि स्थानीयलाई बुद्धको उपदेशसँग जोडेर वर्षाबास अवधिभर पञ्चशिल ग्रहण, बुद्धपूजा र धर्मदर्शनमा सरिक गराएको बताए। भिक्षु धम्मले लुम्बिनी धार्मिक पर्यटकीयस्थल भएकाले यहाँ धार्मिक अनुष्ठानका कार्यक्रम बढाउनुपर्नेमा जोड दिए।

समापन कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपप्राध्यापक भिक्षु सिरी वजिर, लुम्बिनी होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा, संयोजक मिरा सापकोटा गौतम, सहसंयोजक सिर्जना पंगेनीलगायतले लुम्बिनीका स्थानीयलाई जोड्दै आध्यात्मिक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए।

असार पूर्णिमादेखि सुरु भएको आठौं चरणको वर्षाबासको चीवरदान कार्यक्रम भने आइतबारसम्म हुनेछ।

प्रकाशित: १ कार्तिक २०८१ १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =