नाइजेरियामा इन्धन ट्यांकर विस्फोटमा करिब १०० को मृत्यु

हिमाल प्रेस ३० असोज २०८१ १८:०७
16
SHARES
नाइजेरियामा इन्धन ट्यांकर विस्फोटमा करिब १०० को मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ– उत्तरी नाइजेरियामा एउटा इन्धन ट्यांकर विस्फोट हुँदा करिब एक सय जनाको मृत्यु र ५० जना घाइते भएका छन्।

प्रहरी प्रवक्ता लवान शिसु आदमका अनुसार मंगलबार राति उत्तरी जिगावा राज्यमा ट्यांकर दुर्घटनामा परेपछि सडकमा पोखिएको इन्धन संकलन गर्ने क्रममा ९४ जनाको मृत्यु भएको हो।

उनले माजिया शहरमा एउटा ट्रकसँग ठोक्किनबाट बच्न खोज्दा ट्यांकर पल्टिएको जानकारी दिए। ‘हामीले अहिलेसम्म ९४ जनाको मृत्यु र लगभग ५० जना घाइते भएको पुष्टि गरेका छौँ,’ उनले भने,‘मृतकको संख्या बढ्न सक्ने अनुमान छ।’

दुर्घटनापछि स्थानीय बासिन्दाहरू सवारी साधनको वरिपरि भेला भएर सडक र नालीमा पोखिएको इन्धन संकलन गरिरहेका थिए। नाइजेरियान मेडिकल एसोसिएसनले चिकित्सकहरूलाई बिरामीहरूको चापलाई सम्हाल्न नजिकैका अस्पतालमा जान आग्रह गरेको छ।

इन्धन ट्यांकर विस्फोटहका घटना अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको नाइजेरियामा सामान्य हुन्। यहाँका खराब सडकका कारण दुर्घटना हुने गरेका छन् भने स्थानीय बासिन्दाहरू प्रायः दुर्घटनापछि इन्धन चोरी गर्ने प्रयास गर्छन्।

नाइजेरियाले आफ्नो पुस्ताकै सबैभन्दा खराब आर्थिक संकट भोगिरहेको बेला त्यहाँ इन्धन अझै बहुमूल्य वस्तु बनेको छ।

राष्ट्रपति बोला अहमद टिनुबुले गत वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ, र प्रायः अभाव हुने गर्छ।

गत साता सरकारी तेल कम्पनीले एक महिनाभन्दा कम समयमा दोस्रो पटक मूल्य वृद्धि गरेपछि निराशा अझै बढेको छ।-रासस

प्रकाशित: ३० असोज २०८१ १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eleven =