इजरायली आक्रमणमा गाजामा १५ जनाको मृत्यु, हिज्बुल्लाहद्वारा इजरायली सेनामाथि आक्रमण

हिमाल प्रेस २८ असोज २०८१ १०:२२ | Monday, October 14, 2024
इजरायली आक्रमणमा गाजामा १५ जनाको मृत्यु, हिज्बुल्लाहद्वारा इजरायली सेनामाथि आक्रमण फाइल तस्बिर : एपी

काठमाडौँ – गाजामा इजरायली आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। गाजास्थित एक विद्यालयमा भएको आक्रमणमा यो संख्यामा मानिसहरूको मृत्यु भएको हो।

युद्धका कारण विस्थापित प्यालेस्टिाइनीहरू विद्यालयलाई शरणार्थी शिविरका रूपमा प्रयोग गरिरहेका थिए।

गाजामा हमासले सञ्चालन गरेको ‘सिभिल डिफेन्स एजेन्सी’ ले आइतबार नुसैरत क्याम्पमा भारी गोलीबारी भएको जनाएको छ।
गाजा आसपासका सयौँ विस्थापितले शरण लिएको अल–मुफ्ती विद्यालयमाथि भएको एजेन्सीले बताएको छ।

यो आक्रमणमा एक दर्जनबढी मानिस मारिएको छ भने कम्तीमा ५० जना घाइते भएका छन्।

पछिल्लो समय इजरायलले गाजाको उत्तरी भागमा आक्रमणलाई तीब्र बनाएको बताइएको छ।

यता इजरायलको एक सैन्यस्थलमा भएको ड्रोन आक्रमणमा परी चार सैनिकको मृत्यु र ६० जना घाइते भएको इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले जनाएको हो।

यो आक्रमणको जिम्मेवारी हिज्बुल्लाहले लिएको छ। उत्तरी इजरायलको सहर हाइफाभन्दा ३३ किलोमिटरको दूरीमा रहेको एक बेस क्याम्पमा भएको आईडीएफले जनाएको छ।

बिहीबार इजरायली सेनाले लेबनान र बेरूतमा गरेको आक्रमणको जवाफमा ड्रोन हमला गरेको हिज्बुल्लाहले बताएको छ।

प्रकाशित: २८ असोज २०८१ १०:२२ | Monday, October 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast