ट्रम्पको र्‍याली नजिकबाट पेस्तोलसहित एक व्यक्ति पक्राउ

हिमाल प्रेस २८ असोज २०८१ १०:०८ | Monday, October 14, 2024
ट्रम्पको र्‍याली नजिकबाट पेस्तोलसहित एक व्यक्ति पक्राउ डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस

काठमाडौँ- कैलिफोर्नियाको कोचेलामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीस्थलबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। र्‍यालीस्थलनजिक पेस्तोल बोकेका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनको साथबाट एउटा शट गन, एउटा ह्यान्ड गन र नक्कली पासपोर्ट बरामद भएको छ। पक्राउ परेका व्यक्ति ४९ वर्षीय वेम मिलर रहेको कैलिफोर्निया प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कालो रङ्गको एयुवी गाडीमा सवार मिलरलाई प्रहरीले सुरक्षा जाँचको क्रममा पक्राउ गरेको हो। उनीमाथि गोलीसहित बन्दुक र उच्च क्षमताको गोला बारूद राखेको आरोप लगाइएको छ।

अमेरिकाको गुप्तचर संस्थानले डोनाल्डको सुरक्षामाथि कुनै जोखिम नभएको बताएको छ। पक्राउ परेका मिलर मानसिक रूपले असन्तुलित रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ असोज २०८१ १०:०८ | Monday, October 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast